आज सुनको मूल्य इतिहास कै महँगो ९९ हजार ३ सय पुगेको छ


काठमाडौँ, १६ साउन । लकडाउन पछी लगातार उकालो लागेको सुनको मूल्य आज  शुक्रबार बढेर नया रेकर्ड राखेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ३ सयमा कारोबार भइरहेको छ  ।

हिजो बिहीबार ९९ हजारमा कारोबार भएको सुन आज ३ सयले बढेर ९९ हजार तीन सय पुगेर नयाँ रेकर्ड कायम गरेको हो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँमा पुगेको छ। बिहीबार १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेको हो।

प्रतिक्रिया दिनुहोस