फेरी उकालो लाग्यो कोरोना संक्रमण, आज थप ३१५ नया संक्रमित थपिए


काठमाडौँ, १७ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ३१५ जनामा संक्रमण पुष्टि भएको छ । लकडाउन खुकुलो बनाए पछी फेरी कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १४ हजार ५ सय ९२ जना भने निको भएर घर फर्कीसकेका छन्। त्यस्तै अहिले सम्म कोरोना सक्रमणबाट ५६ जनाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस