यसरी भएको रहेछ प्रेम सञ्जेलमाथि कुटपिट, मिडियाम आए घाउ देखाउदै (भिडियो)


विराटनगर, १७ साउन । भ्रष्टाचारको विरुद्ध बिषयमा खरो अभिव्यक्ति दिदै आएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ ।

उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । उनलाई करारका कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइराला कुटपिट गरेका हुन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ति दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् । भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस