कपनको झाडीमा भेटिएको भनिएका अबोध शिशु आफ्नै आमा र बालगृहले रचेको पैसा कमाउने कथा मात्र (भिडियो सहित)


काठमाडौं, १९  साउन । गत साउन १२ गतेकाठमाडौँको कपन स्थित एक झाडीमा फालिएको अवस्थामा फेला परेको भनिएकी शिशु बालगृह र शिशु कै आमाको मिलेमतोमा रचिएको प्रपन्च रहेको खुल्नमा आएको छ । ति निर्दयी आमा र केयर बालगृहका संस्थापक पुष्पा अधिकारीको मिलेमतोमा पैसा कमाउन कै लागि रचिएको कथा रहेको पुष्टि भएको छ ।

ति शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ । परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट भएपछि शिशुलाई फालेर सहयोग बटुल्ने योजना बनेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

बालगृहकी पुष्पाले शिशु फेला परेपछि सुरुमा प्रहरीलाई खबर गर्नु पर्नेमा त्यसो नगरेपछि घटना शंकास्पद बनेको थियो । घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस