ब’लात्कारको आरोपमा वडाध्यक्ष पक्राउ


गोरखामा ब’लात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिकालाई ब’लात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । “पी’डित बालिकाका आफन्तले दिएको उ’जुरीका आधारमा उहाँलाई अनुसन्धानका लागि नि’यन्त्रणमा लिइएको हो”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “पक्राउ परेका रानाभाटविरुद्ध ज’बर्जस्ती क’रणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।”

पक्राउ परेका वडाध्यक्ष रानाभाटले यसअघि पनि पटकपटक पी’डित बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । वडाध्यक्ष रानाभाटलाई नियन्त्रणमा लिन पालुङटार क्षेत्रमा साँझ ठूलो सङ्ख्यामा प्रहरी परिचालनसमेत गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस