कोरोना संक्रमणबाट आज एकै दिन ५ जनाको मृत्यु, मानिसहरु सामान्य साबधानी समेत अपनाउन छाडे


काठमाडौँ, २१ साउन । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट आज एकैदिन ५ जनाको मृत्यु भएको छ । मोरङ र पर्सामा दुई/दुई जना र काठमाडाैंमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । नेपालमा यति धेरैको मृत्यु अहिलेसम्म कै उच्च हो ।

काठमाडौँमा मृत्यु हुनेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । त्यसै गरि कोसी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर–९ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  उनको भने मृत्यु पश्चात मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै रंगेली नगरपालिका–८ का ४५ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । आज थप ३८१ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २१ हजा ३९० जना पुगेको छ । कोरोना संक्रमण कम्युनिटीमा फैलिदा समेत सर्बसाधारण भने सामान्य साबधानी समेत नअपनाउन थालेपछि सरकारले मास्क नलगाउनेलाई कारबाहीको घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस