हावाहुरीले केराखेतीमा क्षति


मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पु¥याएको छ । हावाहुरीको कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा रु ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो ।

मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पु¥याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले जानकारी दिनुभयो । कावासोतीको वडा नम्बर २, ३ र १६ मा गरी रु ७० लाखभन्दा बढीको क्षति भएको मर्दनियाको भनाइ छ । आगामी दशैँका लागि लक्षित गर्दै किसानले केरा उत्पादनको तयारी गरेको तीनवटै वडामा लगाइएको खेराखेतीमा पूर्ण क्षति पुगेको उहाँले बताउनुभयो ।

हावाहुरीले केराखेतीमा पु¥याएको क्षतिको बारेमा स्थलगत अध्ययन गरी यकिन तथ्याङ्क लिने काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो । नगरपालिकामा केरा किसानहरुले दिएको क्षतिको प्रारम्भिक तथ्याङ्कअनुसार रु ७० लाखभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको उहाँको भनाइ छ । हावाहुरीका कारण किसानले लगाएको केराको बोट भाँच्चिएको तथा जराबाटै पल्टिएको जनाइएको छ ।

यस क्षेत्रका किसानले ६०० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिकरुपमा केराखेती गर्दै आएका छन् । पछिल्लो समय नेपाली केराले बजार नपाउने, उचित मूल्य नपाउने, हावाहुरीलगायतका प्राकृतिक कारणबाट नोक्सानी व्यहोर्न बाध्य हुँदा किसान केराखेतीबाट पलायन हुने क्रम बढ्दो छ ।

खोलाले बगाउँदा एकको मृत्यु

मध्यबिन्दु नगरपालिकाको पनौतीको उल्टी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मध्यबिन्दु–११ का ४२ वर्षीय मित्रबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको छ
कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले खोलाले बगाएको स्थानबाट करिब साढे एक किलोमिटर तल कुमालको शव फेला परेको जानकारी दिनुभयो । सोमबारदेखि नवलपुरको तापक्रम एक्कासि बढ्दै जाँदा यहाँ अत्यधिक गर्मीको महसुस गर्न थालिएको छ । रासस

प्रतिक्रिया दिनुहोस