उपत्यकामा कोरोना संक्रमणको गति उकालो लाग्ने क्रम जारी, उपत्यकामा १०६ जना सहित एकै दिन ४६४ जनामा संक्रमण पुष्टि


काठमाडौँ, २३ साउन । कोरोना भाइरस कोभिड-१९ बाट पछिल्लो समय काठमाडाैं उपत्यकामा संक्रमितको संख्या बढ्दो छ । आज एकै दिन १०६ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका १०६ सहित आज शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थपिएका संक्रमितहरु मध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना छन् ।

प्रतिक्रिया दिनुहोस