आफुलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री जेल चलान


काठमाडौं, २३ साउन । निर्माण ब्यबसायीबाट लाखौ रुपैया असुल्न खोज्ने आफुलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री सहित ४ जना पूर्पक्षका लागि जेल चलान भएका छन् । उनीहरुलाई गत असार २६ गते ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत, काठमाडौंको आदेशले अर्जुनसंगै जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार रेग्मीलाई पूर्पक्षको लागि जेल चलान गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ । त्यस्तै उनिसंगै पक्राउ परेका राजेश गुरुङ, शंकर खड्का, श्याम सिंह थापा र विजय रावल जनही एक/एक लाख र विवेक देवकोटा ५० हजार धरौटीमा रिहा भएका छन ।

ठगि गर्न खोजेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस