दुवईबाट १९१ यात्रु सहित उडेको एयर इन्डियाको बिमान दुर्घटना (भिडियो)
एजेन्सी, २३ साउन । १९१ यात्रु लिएर केरल आएको एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ दुर्घटनाग्रस्त भएको छ । शुक्रबार साँझ स्थानीय समय अनुसार ७:३० बजे दुर्घटना भएको थियो ।
भारतीय मिडिया रिपोर्टका अनुसार कोजिकोड एयरपोर्टमा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटनाग्रस्त भएको थियो। विमान दुर्घटनामा पाइलट र ३ यात्रुको मृत्यु भएको छ । त्यस्तै ४५ यात्रु गम्भीर घाइते र बाँकी सामान्य घाइते रहेको बताइएको छ । बिमान रनवेबाट चिप्लिएर नजिकैको खाल्डोमा खसेको र दुई टुक्रा भएको बताइएको छ ।
भिडियो हेर्नुहोस :