भोलि सोमबार देखि सवारी साधन नामसारी नहुने (सूचनासहित)
काठमाडौं, २५ साउन । भोली सोमबार देखि यातायात व्यवस्था कार्यालयले सवारी साधनको नामसारी गर्ने काम स्थगित गर्ने जनाएको छ ।
यातायात ब्यबस्था कार्यालय एकान्तकुनाबाट ग्राहकले वार्षिक कर तिर्ने, बीलबुक नविकरण गर्ने र इम्बोस्ड नम्बर प्लेट जडानको लागि राजस्व दाखिला गर्न मात्र पाउने जनाएको छ । कोरोनाको उच्च जोखिमको रुपमा हेरिएको यातायात ब्यबस्था कार्यालयमा यी सेवाहरु बन्द गरेपछी सर्बसाधारणको भिड कम हुने छ ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या दिनानुदिन उकालो लागी रहेको अवस्थामा कार्यालयले यस्तो निर्णय गरेको हो ।
यातायात व्यवस्था कार्यालयको सूचना :