नेकपाका महासचिव विष्णु पौडेल आइसोलेसनमा, अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि


काठमाण्डु, २५ साउन । सत्तारुढ नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री महासचिव विष्णु पौडेलका अंगरक्षक(पिएसओ)लाई कोरोना संक्रमण पुष्टि भएपछि नेता पौडेल  आइसोलेसनमा बसेका छन् । उनले सबैखालको भेटघाट बन्द गरेर आइतबारदेखि नै आइसोलेसनमा बसेका हुन् ।

पौडेलको भने कोरोनाको रिपोर्ट नेगेटिभ आएको निजी सचिवालयले जनाएको छ । कोरोना संक्रमित अंगरक्षक(पिएसओ) अस्पताल भर्ना भएर उपचार थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस