गोंगबुमा भेटिएको श वको सनाखत हुन नसकेपछि सहयोग गर्न प्रहरीले सबैलाई गर्यो अपील (तस्विरसहित)
काठमाडौँ, २६ साउन । काठमाडौँको गोंगबुस्थित आइतबार भेटिएको श वको अहिलेसम्म सनाखत हुन नसके पछी नेपाल प्रहरीले सहयोग गर्न अपिल गरेको छ ।
मृतकको टा उको सार्बजनिक गर्दै प्रहरीले यस्तो अपिल गरेको हो । गत आइतबार बिहान गोंगबुको गणेशस्थाननजिकै सुटकेसभित्र टाउको नभएको श व फेला परेको थियो। उक्त स्थानको लगभग ५ सय मिटर टाढा टाउको र खुट्टा फेला परेको थियो।
श व भेटेपनि पहिचान खुल्न नसके पछी प्रहरीलाई थप अ नुसन्धान गर्न सकस परेको छ । प्रहरीले श व भेटिएको वरिपरिको हजार बढी घरमा सर्च गरेपनि मृतकको आफन्त भेट्न नसकेको अवस्था छ । यसै बीच प्रहरीले मृतकको अनुहार देखिने गरी तस्विर सार्बजनिक गरेर उनलाई चिन्ने मानिस प्रहरीको सम्पर्कमा आउने आशा गरेको छ ।
अहिले श व पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । तस्बिर तल :