काठमाडौँको गोंगबुमा फेला परेको श वको पहिचान खुल्यो, घटना भएको घर पनि भेटियो


काठमाडौँ, २६ साउन । काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको श वको सनाखत भएको छ । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

गत आइतबार बिहान गोंगबुका स्थानीयले सडकछेउमा शंकास्पद सुटकेश देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल नजिकैको ४ तले घरको एउटा कोठामा घटना भएको पाइएको अ नुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नि यन्त्रणमा लिएर अ नुसन्धान गरिरहेको बताइएपनि औपचारिक पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस