कृष्णबहादुर बोहराको ह त्या आरोपमा पक्राउ परेकी महिलासंग आर्थिक लेनदेन रहेको प्रारम्भिक अ नुसन्धानबाट खुलासा
काठमाडौँ, २६ साउन । गोंगबु ह त्याकाण्ड सम्बन्ध एक पछी अर्को तथ्यहरु प्रहरी अ नुसन्धानबाट खुल्दै गएको छ । मृतक कृष्णबहादुर बोहरा र पक्राउ परेकी आ रोपी कल्पना शाही बीच आर्थिक लेनदेन भएको खुलासा भएको हो ।
प्रारम्भिक अ नुसन्धानमा मृ तक बोहरा र पक्राउ परेकी महिला शाही एउटै घरमा भाडामा बस्दै आएको र आर्थिक लेनदेन भएको खुलेको छ । दोहोरी साँझ खोल्ने भन्दै मृ तक बोहराले शाहीसंग ठुलो परिणाममा पैसा लिएको प्रहरीले जनाएको छ ।
दोहोरी साँझ खोल्ने भनेर पैसा लिए पनि नखोले पछी उनीहरु बीच बि बाद सुरु भएको बुझिन्छ । तर मृ तकको वि भ त्स ह त्या गरी लि ङ्ग समेत का टिएको हुदा आर्थिक लेनदेन बाहेक अन्य कारण पनि हुन सक्ने प्रहरीको आशंका छ ।
आ रोपी चितवन टाँडीस्थित माधवपुर पक्राउ
काठमाडौँको गोंगबु ह त्या प्रकरणमा संलग्न आरोपी चितवन टाँडीस्थित माधवपुर पक्राउ गरिएको छ ।
रोल्पाको कृष्ण बहादुर बोहोराको ह त्यामा संलग्न रहेको आरोपमा कल्पना शाही नाम गरेकी महिलालाई प्रहरीले पक्राउ गरेको समाचार आएको छ । आजै दिउसो मृतकको पहिचान खुल्नासाथ मृतकको डेरा पत्ता लगाई अ नुसन्धानमा तिब्रता मिलेको थियो । पक्राउ परेकी आरोपीको थप विवरण भने आउन बाँकी नै रहेको छ ।
मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । गत आइतबार बिहान गोंगबुका स्थानीयले सडकछेउमा शंकास्पद सुटकेश देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल नजिकैको ४ तले घरको एउटा कोठामा घटना भएको पाइएको अ नुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
०००
ललितपुरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु, मृत्यु पश्चात गरिएको परिक्षणमा देखियो कोरोना
काठमाडौँ, २६ साउन। कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८० पुगेको छ ।
ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत काभ्रे निवासी ५० वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ । ति महिला हिजो साउन २५ गते मात्र अस्पताल भर्ना भएका थिइन । उनको आज बिहान ९ बजे मृत्यु भए पनि दिउसो ४ बजे मात्र पिसीआरको रिपोर्ट पोजिटिभ आएको हो ।
अस्पतालका अनुसार मृतक महिलामा निमोनियका साथै छातीको समस्या देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयले यस अघि नै पछिल्लो २४ घन्टामा थप चार जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको पुष्टि गरेको थियो । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड सङ्क्रमणका कारण आइतबार नै नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । यसैगरी काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको आज मेडिकेयर अस्पतालमा र कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।
उपत्यकामा ४४ सङ्क्रमित भेटिए
मुलुकका विभिन्न प्रयोगशालामा गरिएको आठ हजार ४३४ नमूना परीक्षणमा आज कुल ३३८ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । आज सबैभन्दा बढी बाँकेमा ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै काठमाडौँ उपत्यकामा ४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ३६, ललितपुरमा चार र भक्तपुरमा चार जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
रौतहटमा ३१, मकवानपुरमा २३, पर्सामा २२, सर्लाहीमा २१, दैलेखमा १७, मोरङ र प्युठानमा १५÷१५, धनुषामा १३, कपिलवस्तुमा ११, कैलाली र सल्यानमा सात÷सात, सिन्धुलीमा छ, दाङमा पाँच, नुवाकोटमा चार, महोत्तरी, बारा र गोरखामा तीन÷तीन, खोटाङ, तनहुँ, बर्दिया र नवलपरासी पूर्वमा दुई÷दुई तथा झापा, सिन्धुपाल्चोक, अछाम, अर्घाखाँची, बागलुङ, चितवन, पाल्पा, रामेछाप, स्याङ्जा, रुपन्देही, रोल्पा, सुर्खेत, बैतडी र बझाङमा एक÷एक सङ्क्रमित थपिएका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा १४० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ४९३ पुगेको छ । जुन ७०.७ प्रतिशत हो । धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ७३८ रहेको छ । पर्सा, रौटहट, महोत्तरी र काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । क्वारेन्टिमा रहनेको सङ्ख्या १० हजार ७५९ छ । विश्वभर आजसम्म दुई करोड २६ लाख ४३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै सात लाख ३४ हजार २८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनालाई जितेर निको हुनेको सङ्ख्या एक करोड २९ हजार ७८ रहेको छ ।