भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखियो, आजै उनको कोरोना संक्रमण पुष्टि भएको थियो


एजेन्सी । भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । आज सोमबार उनको ब्रेनको शल्यक्रिया गरेपछि उनलाई भेन्टिलेटरमा राखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

ब्रेनमा रगत जमेपछि दिल्लीस्थित आर्मी अस्पतालमा पूर्वराष्ट्रपति मुखर्जीको शल्यक्रिया गरिएको थियो । आजै शल्यक्रिया अगाडी डाक्टरको सल्लाह अनुसार उनको कोभिड-१९ टेस्ट गर्दा नतिजा पोजिटिभ आएको थियो । आफु कोरोना संक्रमित भएको भन्दै मुखर्जी आफैले ट्वीट मार्फत जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस