लामो दूरीका सवारी र हवाइ उडान भदौ १ गतेदेखि नचल्ने, सरकारले गर्यो भदौ १५ गते सम्म बन्द गर्ने निर्णय


काठमाडौँ, २६ गते । सरकारले यसअघि भदौ १ गतेदेखि लामो दूरीका सवारी र हवाइ उडान सुचारु गर्ने निर्णय गरेको भए पनि आगामी भदौ १५ गते सम्म बन्द नै गर्ने पुन: अर्को निर्णय गरेको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यका लगायतमा कोरोना संक्रमण बढ्न थालेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै कोरोना संक्रमित बिरामीहरूको संख्या २ सयभन्दा बढी भएका जिल्लाहरुमा अत्यावश्यक बाहेकका सवारी साधानहरुलाई भित्रिन र बाहिरिन नदिने सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस