अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि


काठमाडौँ, २७ साउन । अख्तियार दु रूपयोग अ नुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

यसअघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना पोजेटिभ भएको थियो । हालसम्म अख्तियारमा प्रमुख आयुक्त घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । कर्मचारीमा कोरोना पुष्टि भएको दिनदेखि अख्तियारको कार्यालयमा उपस्थित नभएका घिमिरेलाई कोरोना संक्रमण भएको हो ।

अख्तियारका प्रमुख आयुक्त घिमिरेसहित अहिलेसम्म ५० बढी कर्मचारीलाई कोरोना संक्रमण भएको छ । घिमिरे कोरोना संक्रमण देखिएका पहिलो उच्च अधिकारी हुन् । अख्तियारमा कार्यरत अन्य कर्मचारीको पनि कोरोना परीक्षण रिपोर्टए आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस