मोरङ र बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु, एकको रिपोर्ट आउन बाँकी


काठमाडौँ, २८ साउन । मोरङ र बुटवलमा थप एक – एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पताल उपचाररत मृत्यु भएका एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

मोरङमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । भने बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका ४२ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

त्यस्तै उक्त अस्पतालमा २७ गते भर्ना भएका २५ वर्षीय पुरुषको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस