आज थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, २८ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ४८४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ६४ जना कोरोनालाई जितेर घर फर्किएका छन् । यो संगै अहिले सम्म १६ हजार ७२८ निको भएका छन् । अहिले सम्म कोरोना भाइरस संक्रमणबाट ९१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस