१५ केजी सुन त स्करीमा प्रयोग भएको स्कार्पियो गाडीका धनी इल्ताफ हुसेन अन्सारी पक्राउ, खुल्यो सबै रहस्य
काठमाडौँ, २९ साउन । सुन त स्करीमा संलग्न स्कोरपियो गाडीका धनि पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार भएका सुन त स्कर इल्ताफ हुसेन अन्सारी बाराबाट जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो । १५ किलो सुन त स्करी प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडीको मालिक हुन् अन्सारी । सुनको झोला फ्याकेर भागेका उनलाई महानगरीय अ पराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजीलाई तीब्र बनाएको थियो ।
गत साउन १३ गते बिहान सुन्धाराबाट प्रहरीको घुमुवा टोलीले पिछा गरेपछि अन्सारी, पटेल, निलेश सखियालगायतको गिरोहले भारत लैजान लागेको सुनचाँदी त्यहीँ छाडेर भागेका थिए । त्यसको भोलिपल्ट मुख्य आरोपी निलेश सखिया, उनका सहयोगी विजय पटेल, कौशल पटेल र देवानसिंह पटेललाई पक्राउ परेका थिए । कौशलबाहेक तीन जना पूर्वी नवलपरासीको दुम्कीबासबाट पक्राउ परेका थिए ।
बाराको प्रस्टोखा–२, हरपुरका अन्सारी प्रायः वीरगञ्जमा बस्ने गर्छन् । उनी आफूलाई पेम्ट्रोल पम्प सञ्चालकका रुपमा चिनाउँछन् । अन्सारीले हरेक अ पराधमा फरक-फरक नाम बताएर संलग्न हुने गरेका छन् । पक्राउ परेका अन्सारीलाई लिन महानगरी अ पराध महाशाखाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।