वीर अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाडौं, २९ साउन । काठमाडौँको वीर अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनि इमरजेन्सीमा कार्यरत नर्स रहेको अस्पताल स्रोतले जनाएको छ ।

ति नर्सको श्रीमानलाई कोरोना संक्रमण भएको हुदा उनलाई पनि श्रीमानबाट कोरोना संक्रमण भएको हुन सक्ने अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत राज कार्कीले बताए । श्रीमानलाई कोभिड-१९ पोजिटिभ देखिए पछी उनको परिक्षण गर्दा पोजिटिभ देखिएको हो ।

त्यसैले ति नर्सलाई अस्पतालबाट नभई श्रीमानबाट संक्रमण भएको अस्पतालको दावी छ । यसअघि वीर अस्पतालमा तीन चिकित्सक सहित चार जनामा कोरोना संक्रमण देखिएको थियो । अहिले सम्म बिर अस्पतालको इमर्जेन्सी कक्ष सेवा सुचारू रहेको पनि अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस