कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा, भारत भरि फैलियो मृत्युको खबर


एजेन्सी । अस्पतालको भेन्टिलेटरमा उपचाररत भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा पुगेका छन्। उनलाई कोरोना भाइरस संक्रमण पुष्टि समेत भएको छ । सेनाको रिसर्च एन्ड रिफरल (आरएन्डआर) अस्पतालले उनी कोमामा पुगेको पुष्टि गरेको हो ।

उनको गत सोमबार नयाँ दिल्लीस्थित आरएन्डआर अस्पतालमा भर्ना गरेर दिमागमा क्लोट देखेपछि अपरेशन गरेको थियो। अपरेशन अगाडी गरिएको कोभिड-१९ परिक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनि भेन्टिलेटरमा कोमामा रहे पनि मुख्य सूचकहरू भने स्थिर रहेको अस्पतालले जनाएको छ ।

आज बिहिबार बिहान देखि नै भारतका धेरै मिडियाहरुले पूर्वराष्ट्रपति प्रणव मुखर्जीको मृत्यु भएको खबर दिए पछी उनका छोरा अभिजित मुखर्जीले ट्वीटसमेत गरेका छन्। हेर्नुहोस उनको ट्वीट ।

भारतमा एकै दिन ६७ हजार सङ्क्रमित, विश्वभरी दुई करोड नाघे

नयाँदिल्ली, २९ साउन । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ ।

भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९९९ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा कम्तीमा ९४२ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या ४७ हजार ३३ पुगेको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २३ लाख ९६ हजार ६३८ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये छ लाख ५३ हजार ६२२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १६ लाख ९५ हजार ९८२ जना सङ्क्रमणमुक्त भएका छन् ।

अधिकारीहरुका अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा एक लाख ४७ हजार ८२० जना र दोस्रो धेरै आन्ध्र प्रदेशमा ९० हजार ४२५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यसैबीच कोरोना भाइरसका कारण विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या दुई करोडभन्दा बढी पुगेको छ । पछिल्लो विवरण अनुसार विश्वभरी दुई करोड एक लाख ६२ हजार ४७४ जना सङ्क्रमित भएका हुन् ।

कुल सङ्क्रमितमध्ये दुई लाख १४ हजार ९८५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका जनाइएको छ । त्यसैगरी चार हजार ८३५ जनाको सोही अवधिमा मृत्यु भएको छ । योसँगै विश्वभरी कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ३७ हजार ४१७ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

डब्लुएचओले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस