भोलीको राशिफल : वि.सं.२०७७ साल साउन ३० गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट १४ तारिख
वि.सं.२०७७ साल साउन ३० गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–दशमी,१२ घडी २१ पला,बिहान १० बजेर ३० मिनेट उप्रान्त एकादशी । नक्षत्र–मृगशिरा,५७ घडी २७ पला,रातको ०४ बजेर ३३ मिनेट उप्रान्त आद्रा । योग–व्याघात,०८ घडी ११ पला,बिहान ०८ बजेर ५० मिनेट उप्रान्त हर्षण । करण– भद्रा,बिहान १० बजेर ३० मिनेट उप्रान्त बव,बेलुकी १० बजेर ४९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–वृष,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४० मिनेट । दिनमान ३२ घडी ४६ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय राम्रो रहेकोले सानो प्रयासले महत्वपुर्ण उपलब्धि हासिल हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिमा अवसर आउँनेछन् । खनिज पदार्थ तथा बिलाशी बस्तु व्यापारको लागि आजको समय उत्तम रहेकोछ । माया प्रेममा देखिएका तित्तताहरुलार्ई चिर्दै बिश्वासबो बाताबरण सिर्जना गर्न सकिनेछ । अध्ययनमा उल्लेख्य सुधार हुने तथा नतिजामो नजिक पुग्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
खानपान तथा बाहिरी बाताबरणको ख्याल नगरे स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा अबिश्वास सिर्जना भई छुट्टिनु पर्दा मन खिन्न हुनेछ । कामको लागि लामो तथा छोटो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्ने तथा बिदेशी सामानको व्यापार व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । साझको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले यात्रा गर्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समाजमा तारिफयोग्य काम गरि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहर सुचारु हुनेछन् भने नयाँ काममा हाता हाल्न सकिने समय रहेकोछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा उपस्थिति जनाई समयमा काम लिन सकिनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने योग रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाटभने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि संघर्ष गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । साझपख समय राम्रो रहेकोले आर्थिक कारोबारमा सुधार भएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिभिन्न अवसर आएपनि समयमा सजक नबन्दा पछि परिनेछ । छोटो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । भौतिक तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गनुहोला बढिनै उत्साहित हुदा नकारात्मक परिणाम आउन सक्छ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथिको सहयोग नपाईने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । व्यापार व्यावासायमा लगनशिल तथा ईमान्दारिताका साथ लाग्नाले मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा यात्रा गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यावसाय फस्टाउनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नभएपनि घर जग्गा तथा सवारि साधनको कारोबारभने फस्टाएरु जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । साझपख समय राम्रो रहेकोले अध्ययनमा सुधार गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी तारानाथ भण्डारी ।
०००
साप्ताहिक राशिफल : साउन २५ गते आईतबारदेखी साउन ३१ गते शनिबारसम्मको
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पहिलो दिन अर्थात आईतबार साझसम्मको समय मध्ययम रहेकोले न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्तसँग सैद्धान्तिक राय बाजिनेछ । आईतबार साझबाट समय राम्रो रहेकोले प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलव्धीमुलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेकोछ । ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाईनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीतिकर्मी तथा समाजसेवी हरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुख पाईनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ । पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्वन्धीत व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । बुधबारबाट समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशमा हुनुहुन्छ भने समय उत्तम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ । समय राम्रो रहेकोले धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । आफुलाई मन पर्ने विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरी लक्ष्य पहिल्याउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
साताको पहिलो दिन अर्थात आईतबार साझसम्मको समय मध्ययम रहेकोले व्याक्तिगत स्वार्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनुहोला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । आईतबार साझबाट राम्रा तथा परिणाममुखी काम गरी अरुको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा बृद्धि हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानी गर्नेहरुले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहकोछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रुममा सम्पान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । सोमबार र मंगलबारको समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
साथि संगि तथा ईष्ट मित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । व्यापार भावमा गोचर गर्ने चन्द्रमाले औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा सामान्य मन्दि आउने तथा घाटा लाग्नेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । बुधबराबाट समय मध्ययम रहेकोले व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । तरपनि धर्ममा आस्था तथा विस्वास राख्नेहरुका लागी समयले साथ दिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
साता राम्रो रहेकोले मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । विभिन्न भौतिक तथा विलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यावसाय विस्तारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइ तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ भने बंश वृद्धिको गतिलो योग रहेकोछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साताको पहिलो दिन अर्थात आईतबार साझसम्मको समय मध्ययम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला । आईतबार साझबाट राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ भने पुरुषार्थी काम गरी नतिजा आफैतिर पार्न सकिनेछ । नयाँ प्रविधीको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ । आफन्त तथा मामापक्षबाट भनेजस्तो सहयोग पाईनाले मन प्रशन्न रहनेछ । खर्च बढेपनि राम्रा काम गर्दै अगाडि बढ्न सकिनेछ । लेखनकलाको माध्यामबाट अन्धबिश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रिय भुमिका रहनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहेकोछ भने सन्तान तथा अनुयायीको सहयोगले राम्रा काम गर्न सकिनेछ । आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । अन्य व्यापारमा मन्दी आउँने भएपनि कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाइमा मन जानेछ भने पढाईकै सवालमा यात्रा गर्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । आÏनै मेहनेतले व्यावसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । बुधबारबाट राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
साता राम्रो रहेकोले ईमान्दारिता र मेहनेतले आत्म विश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ । व्यापारकै शिलशिलामा छोटो दुरिको यात्रा हुनेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ । खेलकुद तथा आट,शाहस तथा पराक्रमि क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । लेखन,कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेकोछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ ।
तपाईँको दिन शुभ रहोस ।
ज्योतिषी तारानाथ भण्डारी ।