कल्पनाका आमा बाबा आए मिडियामा, घटना बारे कल्पनाले यस्तो भनेकी रहेछन (भिडियो)


काठमाडौँ, २७ साउन । काठमाडौँको गोङ्गबुमा यही साउन २५ गते रोल्पाका कृष्णबहादुर बोहराको बी भत्स ह त्याकाण्डका रहस्यको केही पाटो सार्वजनिक भएको छ । एक महिलाले स्लिपिङ ट्यावलेट खुवाइ लठ्ठिएपछि हम्मरले अण्डकोषमा हा नेर बोहराकोे बी भत्सरुपमा ह त्या गरेको खुल्न आएको छ । महानगरीय प्रहरी परिसर र महानगरीय अ पराध नियन्त्रण महाशाखाले गरेको प्रारम्भिक अ नुसन्धानमा पूर्वीचितवनकी कल्पना मुडभरी पौडेल एक्कैलै ती पुरुषको ह त्या गरेकी हुन् । श व व्यवस्थापनमा भने उनले आफ्नै छोरीलाई साथसमेत लिएको खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

जोजो नामको कुकुरको सहयोगमा अ नुसन्धान गरिएकाले प्रहरीले उक्त घटनाको अनु सन्धानलाई ‘जोजो अपरेशन’को नाम दिएको छ । घटना यही साउन २४ गते रातिको हो । साउन २५ गते बिहान ०७ बजे काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुस्थित नवज्योती मार्गमा कालो रङ्को सुटकेशभित्र रगत जस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भएपछि परिसर र महाशाखाबाट अ नुुसन्धानका लागि टोली खटिएको थियो । उक्त सुटकेश खोलेर हेर्दा भित्र टाउको र खुट्टा नभएको अवस्थामा श व फेला परेको थियो ।

घटनाको अनुसन्धानका क्रममा चितवनको कालिका नगरपालिका–७ घर भई हाल टोखाको सोही क्षेत्रमा बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेलले घ टना घटाएको रहस्य खुलेको थियो । प्रहरीले साउन २६ गते नै उनलाई चितवन प्रहरीको सहयोगमा माइतीमा रहेको बेला कालिका नगरपालिका–९ शक्तिखोरबाट पक्राउ गरेको थियो ।

उनी यसअघि अभिनयसमेतमा संलगन थिइन् तर अहिले गृहिणीका रुपमा रहेको बताइएको छ । विगत केही वर्षदेखि श्रीमान्को सम्पर्कबाट बाहिर रहेकी उनी छोरा र छोरीको साथमा काठमाडौँ बस्दै आएकी थिइन् ।

यसरी भएको थियो ‘जोजो अपरेशन’

साउन २५ गते विहान रातो प्लाष्टिकले बेरेको नाम्लोसहितको कालो रङ्को सुटकेसभित्र टाउको र खुट्टा नभएको श व फेला पररेको थियो । तत्काल जोजो नामको तालिमप्राप्त कुकुर परिचालन गरी घटनाको अ नुसन्धानमा प्रहरी लाग्यो । तत्कालै कुकुरले सुटकेश भेटिएको अन्दाजी ३०० मिटर पूर्वउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली जमिन छेउमा टाउको र खुट्टा पोको पारेर फालेको अवस्थामा फेला परेको थियो ।

मृतकको पहिचान नखुलेपछि प्रहरीले पहिचानका लागि तस्वीर सार्वजनिक ग¥यो । साउन २६ गते नै बोहराका मामा पर्नेले उनको सनाखत गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बताउनुहुन्छ । उनको घर रोल्पाको रुन्तीगढी गाउँपालिका–७ हो । हाल गोङ्गबुस्थित एक होटलमा बस्दै आएका थिए । उनी गार्मेन्टको सामान थोक बिक्री वितरणमा संलग्न थिए । प्रहरीको अनुसन्धान उनी विगत आठ महिनादेखि उक्त होटलमा बस्दै आएको खुलेको छ ।

उनीहरु बीच तीन÷चार वर्षदेखिको फेसबुकमार्फत चिनाजान रहेको पत्ता लागेको छ । अ नुसन्धानका क्रममा मृतक बोहराले अभियुक्तको फोटो राखी नक्कली फेसबुक आइडी बनाएर चलाउने गरेको र महिलालाई आफु अनुकूल हिंड्नका लागि दवाव दिने गरेको खुल्न आएको एसएसपी थापाले बताउनुभयो । उहाँका अनुसार छोरीलाई समेत उनले आँखा लगाउने गरेका थिए । तर, ह त्यामा त्यती मात्रै कारण भन्नेमा प्रहरी ढुक छैन । अन्य कुरा अ नुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ ।

घटनास्थलको दिनमा त्यही होटलमा बा ७२ प ५६४४ नम्बरको स्कुटरसमेत फेला परेपछि प्रहरीलाई तथ्य खोज्न सहज भएको थियो । घटना भएको दिन राति महिलाले आफ्नै कोठामा बोलाएर म दिरासहित दही, चिउरा मासुसमेत खान दिएको खुल्न आएको छ । दहीमा पाँच वटा निद्रा लाग्ने औषधी मिसाएर खुवाएकी थिइन् । त्यसपछि बोहरा लठ्ठिएर सुतेपछि फलामको हम्मरले अण्डकोषमा हा नेर मा रेको अ नुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । त्यसपछि सलले बाँधी धा रिलो ह तियार प्रयोग गरी टाउको र खुट्टा छिनाइ झोलामा राखेर आफैँले फ्याँकेको महिलाले बयान दिएकी छिन् । उनले घटना स्वीकार गरेको र अन्य पाटो भने अ नुसन्धानको क्रममा रहेको एसएसपी थापाले बताउनुभयो ।

श व व्यवस्थापनमा कठिनाई भएपछि छोरीसमेतलाई संलग्न गरेकी थिइन् । पानी परेकाले छोरीर्लाई छाता ओढाउन लगाए उनले सुटकेस बोकेर उनी त्यहाँ सुटकेस फ्याँकेर फर्किएकी थिइन् । भोलिपल्ट चिनजानको एम्बुलेन्समार्फत उनी चितवन फर्किएको खुल्न आएको छ । त्यो एम्बुलेन्स आफ्नो नातेदार रहेको बुझिएपनि यकिन भइनसकेको प्रहरीले जनाएको छ । घ टना सबै घरभित्र घटाएर एक्लै शव व्यवस्थापन गर्न नसक्दा छोरीको सहयोग लिनुपरेको उनले बयान दिएकी छिन् ।

प्रहरीले घटनामा प्रयोग भएको धा रिलो ह तियार, ह्याम्बर, रगत ल तपतिएको पञ्जा म्याट्रेस, मृतकका कपडा, स्लिपिङ ट्यावलेटका खोल, मोबाइल सेट बरामद गरेको छ । आज घटनाबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरीले कर्तव्यज्या न मुद्दामा अ नुसन्धान थालेको जनाएको छ । पैसाको लेनदेनको विषयमा भने अ नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसै बीच कल्पनाका आमा बुबा पनि मिडियामा आएका छन् । छोरीले अचानक घर आउछु भने पनि घटना बारे आफु अन्जान रहेको उनीहरु बताउछन । उनीहरुसंग गरिएको कुराकानी हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस