साबधान ! कुखुराको मासुमा पनि देखियो कोरोना


एजेन्सी, २९ साउन । कुखुराको मासुमा पनि कोरोना भाइरस फेला परेको छ । दक्षिण अमिरिकी देश ब्राजिलबाट चिनमा आयात गरिएको फ्रोजन कुखुराको मासुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।

सीएनएनले गरेको रिपोर्ट अनुसार चिनको शेन्जेनको लंगग जिल्लामा आयात गरिएको कुखुराको पखेटामा बुधवार कोरोना भाइरसको संक्रमण पत्ता लागेको हो । न्युयोर्क पोष्टका अनुसार ब्राजिलबाट चीनमा लगिएको कुखुराको मासुमा कोरोनाभाइरस फेला परेको हो । तर अधिकारीहरूले ब्रान्डको नाम भने नलिएको जनाएको छ ।

डब्ल्युएचओले खानाको खानाको माध्यमबाट भाइरस सर्ने सम्भावना कम छ भने पनि यो घटनाले सबैलाई सोच्न बाध्य बनाएको छ ।

प्रतिक्रिया दिनुहोस