अपडेट: लिदी पहिरो: पाँचको शव फेला, ३३ जना अझै बेपत्ता


जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको जुगल सिन्धुपाल्चोक गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरोमा बेपत्ता ३८ को उद्धार गर्दै नेपाली सेनाका जवान । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ जना घाइते भएका छन् । तस्वीर देवराज सुवेदी ÷रासस

पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो । घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उहाँले बताउनुभयो । रासस

सिन्धुपाल्चोकको जुगल सिन्धुपाल्चोक गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरोमा बेपत्ता ३८ को उद्धार गर्दै स्थानीयवासी
। पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ जना घाइते भएका छन् । तस्वीर देवराज सुवेदी ÷रासस
प्रतिक्रिया दिनुहोस