सिन्धुपाल्चोक लिदी पहिरो अपडेट : ५ जनाको शव भेटियो, ३८ जना बेपत्ता ३७ घर पुरियो (नाम लिस्टसहित)
सिन्धुपाल्चोक, ३० साउन । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३८ जना बेपत्ता छन् । पहिराले ३७ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो । घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।
पहिरोमा परी बेपत्ता हुनेहरुमा धनलक्ष्मी दोङ, बिबी लक्ष्मी दोङ, शिरमाया दोङ, छविलाल दोङ, वाङ्ची लामा दोङ, मानबहादुर दोङ, टीकामाई दोङ, माइला पराङ, सानुकान्छी दोङ (गर्भवती), सोमरानी दोङ, करेसमाई दोङ, आयुश दोङ, विवरानी दोङ, सुवास तामाङ, टीकामाया दोङ, सानुकान्छी दोङ, सोनाम दोङ, रेनिस दोङ, साइली दोङ, सुरज दोङ, विवरानी दोङ, प्रिया दोङ, प्रकाश दोङ, साङलामो दोङ, सानु दोङ, मेकमाया दोङ, सानुकान्छा दोङ, छिरिङ दोङ, साहिँली दोङ, विमला दोङ, दिन्दुस दोङ, हिरा भक्ति दोङ, जीते झाँक्री दोङ, मिलन दोङ, प्रीति दोङ, च्यामा दोङ, धनमाया तामाङ दोङ, कान्छी दोङ र जयबहादुर दोङ रहेका छन् ।


