नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०० पुग्यो


काठमाडौँ, ३० साउन । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १०० पुगेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको ज्यान गएसँगै काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको हो ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा थप चार जनाको मृत्यु पुष्टि गर्दै जम्मा मृतकको संख्या ९९ बताएको थियो । थप एक जनाको भने मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको छ । हाल सम्म नेपालमा कुल २५ हजार ५५१ लाई कोरोना संक्रमण भइसकेको छ ।  जस मध्य १७ हजार ७७ जना निको भएर घर फर्की सकेका छन ।

जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लैजाँदा जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाउँदा काठमाण्डौ पठाइएको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बिहीबार निधन भएको र शुक्रबार कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाका ११९ सहित आज थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरस कोभिड-१९ बाट आज थप ५९४ जनामा संक्रमण पुष्टि भएको छ । यसको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गरेका हुन् ।

संक्रमित मध्ये काठमाडौँ उपत्यकाका ११९ रहेका छन् । यो संगै नेपालमा कोरोना भाइरसबाट कुल २५ हजार ५५१ जनामा संक्रमण पुष्टि भएको छ ।  पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् । अहिले सम्म १७ हजार ७७ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्कीसकेका छन् ।

गत २४ घण्टामा ११ हजार ५७५ पीसीआर परिक्षण गरिएको पनि प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी गराएका छन ।

पहिरामा परेर एकै दिन १७ को मृत्यु, २८ बेपत्ता

मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् ।

सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिनुभयो । बेपत्ता भएकाको खोजी जारी छ ।

स्थानीयवासीले जोखिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाउँदै आए पनि अन्ततः पहिराबाट जोगिएनन् । स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन सकेको थिएन ।

आजै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाले पहिराग्रस्त क्षेत्र पुगेर स्लथगत अनुगमन गर्नुभएको छ । पाँच घाइतेलाई उपचार गरेर अस्पताल ल्याइएको छ । यस्तै सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पु¥याइएको छ ।

ओस्तीका अनुसार कालीकोटको महावै गाउँपालिका–३ नकुमा पनि पहिरामा परेर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते छन् । माथिबाट पहिराले उनीहरुको घर थिचेको थियो ।

मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा आज एक जनाको मृत्यु भएको ओस्तीले जानकारी दिनुभयो । सोही क्रममा एउटा स्काभेटर र टिप्परमा क्षति भएको छ ।

यो वर्षको वैशाखदेखि आजसम्म पहिरामा परेर २०६ जनाको मृत्यु भएको छ । अझै ७१ जना बेपत्ता छन् । १६० भन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस