आज थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या १०२ पुग्यो


काठमाडौँ, ३१ साउन । कोरोना भाइरस कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा थप ४६८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ । आज थप १२४ जना निको भएर घर फर्की सकेका छन् । यो संगै नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १७ हजार २०१ जना पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । मृतक मध्य पुरुष ८० जना र महिला २२ जना रहेका छन् । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकहरुमा कपिलबस्तु, पर्सा र धनुषा जिल्लामा गरि तिन जनाको मृत्यु भएको हो ।

कपिलवस्तु जिल्ला मायादेवी गाउपालिका वडा नम्बर ७ निवासी ४० वर्षीय पुरुषको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो । त्यस्तै पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नम्बर १२ निवासी ६० वर्षीय पुरुषको साउन ३० गते बेलुका नारायणी अस्थायी कोरोना अस्पतालमा निधन भएको छ । त्यसै गरि धनुषा जिल्ला जनक नन्दनी गाउपालिका वडा नम्बर ४ निवासी ५० वर्षीय पुरुषको साउन २९ गते निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस