अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन


काठमाडौं, ३२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आफ्नो भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । राष्ट्रपति ट्रम्प आफैले भाई रोबर्टको निधनको पुष्टि गरेका हुन् ।

७१ वर्षीय रोबर्टको न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा शनिबार बेलुका निधन भएको हो । भाईको अबस्था सिकिस्त भएको खबर पाएपछि राष्ट्रपति ट्रम्प शुक्रबार अस्पताल पुगेर भाईलाई भेटेका थिए । ट्रम्पभन्दा दुई वर्ष कान्छा भाई रोबर्टको निधनले आफ्नो राम्रो साथि गुमाएको राष्ट्रपति ट्रम्पले बताएका छन ।

भाईको निधन पछी राष्ट्रपति ट्रम्पले जारी गरेको अफिसियल स्टेटमेन्ट तल ।

प्रतिक्रिया दिनुहोस