आज पनि थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि
काठमाडौँ, ३२ साउन । आज थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । पर्साका एक पुरुष र मोरङका एक महिलाको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन् । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०४ जना पुगेको छ ।
कोरोना भाइरस कोभिड-१९ बाट आज थप ६४१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । पछिल्लो २४ घण्टामा १२ हजार २४७ जनाको पिसीआर परिक्षण गरिएको थियो ।
आज संक्रमण पुष्टि भएकाहरु मध्य पुरुष ४२३ जना र महिला २१८ जना रहेका छन्। यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २६ हजार ६६० जना पुगेको छ । नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १७ हजार ३३५ जना पुगेका छन् ।