काठमाडौँको एक निजि अस्पतालमा कोरोना संक्रमितलाई १२ दिन राखेको बिल आयो २६ लाख तर बाचेन बिरामी, पैसा दिएपछि मात्रै सेनाले शव लैजान पायो


काठमाडौँ, ३२ साउन । कोरोना भाइरस कोभिड-१९ को महामारीले यतिबेला विश्व आक्रान्त छ । नेपालमा पनि दिनानु दिन संक्रमितको संख्या बढ्ने क्रम जारी छ । अहिले २७ हजार नजिक संक्रमित पुष्टि भइसकेको छ भने १०४ जनाले त ज्यान नै गुमाई सकेको अवस्था छ ।

सरकारले लकडाउन खोलेसंगै मानिसको चहलपहल बढेपछि कोरोना संक्रमण कम्युनिटीमा पुगिसकेको छ । यस बीच सरकारले आफ्नो सुरक्षा आफै गर्नु भनेर आह्वान गर्दै आएको छ । हुन पनि कोरोना लागि हाले अहिले यसको कुनै भ्याक्सिन नभएको हुदा ज्यानको जोखिम निक्कै हुन्छ । त्यसैले काेना लागेर मृत्यु कुर्नु भन्दा काेराेना लाग्न नदिनु नै उत्तम हाे ।

यसै बीच एक उदाहरणका रूपमा काठमाडौँको एक ठुलो नीजी अस्पतालले कोरोना संक्रमितको उपचारबाट लाखौ रुपैया लिएको खुलासा भएको छ । पिडितको आफन्तका अनुसार संक्रमितलाई १२ दिन अस्पतालमा राखे बापत २६ लाख लिएको खुलेको हो।

सरकारसंग सामान्य अस्पतालको सैया पनि अभाव भएको बेला भेन्टिलेटरको आशा गर्नु त बेक्कार कै कुरा छ । त्यस्तोमा निजी अस्पतालले चरम महगींमा बिरामीको उपचार गर्ने अवसर मिल्ने नै भयो । यसलाई सरकारले पुष्टि नगरे पनि बरिष्ठ जनस्वास्थ्य चिकित्सक तथा पोषणविद अरुणा उप्रेतीले एक अस्पतालले कोरोना संक्रमितको उपचारमा २६ लाख रुपैयाँ लिएको आफूलाई जानकारी आएको बताएकी छन् ।

उनले लेखेको स्टाटस जस्ताको तस्तैः

“मलाई कोरोना को सक्रमण् भएर हस्पिटल जानु पर्‍यो भने त शायद घर मै म र्छु होला । काठमाडौँको एक ठुलो अस्पातलमा मेरो एक चिनेको मानिसलाई कोरोना भएर भेन्टिलेटरमा १२ दिन राखेको २६ लाख लियो रे। उनको जीवन पनि रहेन् । एक रातमा २६ लाख अस्पातललाई दिएपछि मात्र लाश दिए । त्यसपछि सैनिकहरु आएर लगेर बिद्युत शव दाह गृहमा लगे । परिवारलाई ”खरानी” दिए। यत्रो पैसा कसरी परिवारले पायो होला ? त्यत्रो पैसा कसरी तिरेको होला ?”

एक महिलाले भनेको कुरा सुनेर मलाई लाग्यो गरीब त कोरोनाले संक्रमित भएर उपचार गराउन सक्ने अबस्ता छैन । मेरो पनि कोरोनाको बिमा त गरेको छ तर कोरोना भए एक लाख सम्म देला उपहचारको , २५ लाख कताबाट ल्याउने होला ?” एक महिलाको कुरा सुनेर मलाई पनि सोच मग्न बनएको छ । कोरोना लागे अस्पातल गएर २६ लाख कसरी तिर्ने ?

०००

आज थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३२ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ६४१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । पछिल्लो २४ घण्टामा १२ हजार २४७ जनाको पिसीआर परिक्षण गरिएको थियो ।

आज संक्रमण पुष्टि भएकाहरु मध्य पुरुष ४२३ जना र महिला २१८ जना रहेका छन्। यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २६ हजार ६६० जना पुगेको छ । पछिल्लो २४ घण्टामा १३४ जना निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १७ हजार ३३५ जना पुगेका छन् ।

त्यस्तै आज थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । पर्साका एक पुरुष र मोरङका एक महिलाको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस