फेरी घट्यो सुनको मूल्य


काठमाडौं, १ भाद्र । आइतबारको तुलनामा आज सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन २ सयले घट्दै प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयामा कारोबार भएको छ । गत हप्ता इतिहास कै उच्चतम मूल्य १ लाख ३ हजार ५ सय मूल्य कायम भएको सुनको मूल्य पछिल्लो दिन भने उतारचढावको अवस्थामा छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि आइतबारको तुलनामा १० रुपैया घटेको छ । आज चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानेको छ ।

प्रतिक्रिया दिनुहोस