आज थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, नेपालमा मृतकको संख्या पुग्यो १०७


काठमाडौँ, १ भदौ । आज थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेका छन ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ । आज सोमबार काठमाडौँ उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्य काठमाडौंका १३९ जना, ललितपुरका १५ जना र १४ जना रहेका छन्। त्यस्तै नेपालभर आज थप ५८१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । पछिल्लो २४ घण्टामा ११ हजार ५२० जनाको पिसीआर परिक्षण गरिएको थियो । आज संक्रमण पुष्टि भएकाहरु मध्य पुरुष ४०८ जना र महिला १७३ जना रहेका छन्। यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २७ हजार २४१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६० जना निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १७ हजार ४९५ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस