बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना भाइरस संक्रमण


काठमाडौँ, १ भदौ । वागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टअनुसार उपसभामुख तामाङसहित मकवानपुरमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

तामाङको ३ दिनअघि स्वाब लिइएको थियो । काठमाडौंमा एकजना संक्रमित व्यक्तिसँगको बैठकको क्रममा आफुँपनि संक्रमित भएको अनुमान उपसभामुखले गरेकी छन्। सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडामा रहेको सरकारी आवासमा सेल्फ आईसोलेशनमा रहनुभएको उहाँको स्वकीय सचीव एलिशा थापाले जानकारी दिनुभयो ।

कोरोना संक्रमण भएपनि उनको स्वास्थ्य स्थिति भने सामान्य रहेको स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।

०००

एसईईको रिजल्ट सार्वजनिक (यहाँबाट हेर्नुहोस आफ्नो नतिजा)

काठमाडौँ, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक भएको छ । आजै नतिजा सार्वजनिकका लागि बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हाे ।

गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाभाइरसको महामारीका कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो । एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए ।

यसरी मूल्याङ्कन गर्दा विक्रम संवत् २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको थियो । लामो समयसम्म विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्‍न उचित नभएको निष्कर्षसहित सरकार यो निर्णयमा पुगेको थियो ।

एसईईको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

०००

काठमाडौँ उपत्यकामा २ हजार १३४ सक्रित्य कोरोना संक्रमित, तिब्र गतिमा बढ्दै

काठमाडौँ, १ भदौ । कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित बढ्न थालेका हुन् ।

उहाँका अनुसार अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार ७०५, भक्तपुरमा १४७ र ललितपुरमा २८२ जना रहेका छन् । यस्तै उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ । यसरी मृत्यु हुनेमा नौ जना काठमाडौँ र एक जना ललितपुरका रहेका छन् ।

यस्तै २४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । काठमाडौँ जिल्लामा १६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका छन् । आज मात्र उपत्यकामा १६८ जना सङ्क्रमित फेला परेका छन् । काठमाडौँमा १३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् ।

उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार ८८३ जना रहेका छन् । काठमाडौँ जिल्लामा एक हजार ५३४, भक्तपुरमा ११२ र ललितपुरमा २३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा २७ हजार २४१ सङ्क्रमित, १७ हजार ४९५ निको भएका, १०७ जना सङ्क्रमणले गर्दा मृत्यु भएका र नौ हजार ६३९ सक्रिय सङ्क्रमित रहेका छन् ।

दिनानु दिन संक्रमित बढ्ने क्रम रहेको हुदा आफै साबधान रहन स्वास्थ्य मन्त्रालयले आह्वान गर्दै आएको छ ।

आज सोमबार काठमाडौँ उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्य काठमाडौंका १३९ जना, ललितपुरका १५ जना र १४ जना रहेका छन्। त्यस्तै नेपालभर आज थप ५८१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । पछिल्लो २४ घण्टामा ११ हजार ५२० जनाको पिसीआर परिक्षण गरिएको थियो । आज संक्रमण पुष्टि भएकाहरु मध्य पुरुष ४०८ जना र महिला १७३ जना रहेका छन्। यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २७ हजार २४१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६० जना निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १७ हजार ४९५ जना पुगेका छन् । त्यस्तै

आज थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेका छन ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

०००

आज भदौ १ गते देखि १५ गते सम्म कडाईका साथ निषेधाज्ञा जारी, मासु पसल देखि भाडाकुडा पसल पनि खोल्न नपाइने, उल्लङ्घन गर्नेलाई कडा कारवाही

काठमाडौं, १ भदौ । पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएपछि विशेषगरी शहरी क्षेत्रमा त्रासको बाताबरण छ । लकडाउनसम्म खासै संक्रमितहरु फेला नपरेको काठमाडौँमा लकडाउनपछि भने भारत र तराईका जिल्ला हुदै काठमाडौँ मनपरी तरिकाले प्रवेश गर्नेहरुको संख्या बढेपछी काठमाडौं उपत्यकामा दिनानु दिन संक्रमितको वृद्दी भैरहेको अवस्था छ । संक्रमितहरु बढ्ने क्रम जारी रहदै गर्दा विभिन्न स्थानीय तहले आ-आफ्नो क्षेत्र सिल गर्ने देखि विभिन्न मापदण्डहरु लागु गर्दै आएको अवस्था छ ।

यसै बीच कोरोना संक्रमण दर बढेसँगै काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाले संक्रमण रोक्न निषेधाज्ञा जारी गरेको छ । भदौ १ गते देखि १५ गते सम्म लागु हुने गरि नगरपालिकाले यस निषेधाज्ञा जारी गरेको हो । यदि उक्त निषेधाज्ञा उलंघन गरे कडा कारवाही गरिने पनि नगरपालिकाले जनाएको छ ।

जारी विज्ञप्ति यस्तो छ ।

०००

साबधान ! निषेधाज्ञा तोडेपछि हवाई फायर

चितवन, १ भदौ । कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ ।

निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थानीयको भीड जम्मा भएर निषेधाज्ञा तोडेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो ।

निषेधाज्ञाको समयमा भीडभाड गरेको र स्थानीय दुईपक्षबीच झडप हुने अवस्था आएपछि भीडलाई नियन्त्रणमा लिँदै निषेधाज्ञा कार्यान्वयनका लागि हवाई फायर गरिएको उहाँले जानकारी दिनुभयो । भीडलाई उत्तेजित गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय ठाकुर बर्तौला रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालले पिप्ले मन्दिरमा पूजा गरिएको ढुङ्गा सोही नगरपालिकाको पाख्रिबासकी सरस्वती पुन नाम गरेकी महिलाले लगेपछि स्थानीयले ढुङ्गा फिर्ता ल्याउनुपर्ने भन्दै भेला भएका थिए । ती महिलाले सपनामा भगवानले सो ढुङ्गा ल्याउन भनेको भन्दै लगेको प्रहरीले जनाएको छ । ढुङ्गा फिर्ता ल्याउन भेला भएका स्थानीयलाई सुरक्षाकर्मीले रोकेपछि झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस