आज हाल सम्म कै सबै भन्दा धेरै १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौँमा मात्र २०५ जना


काठमाडौँ, २ भदौ । कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । संक्रमितहरुमा काठमाडौं उपत्यकामा २ सय ५ जना रहेका छन् । त्यसमध्य काठमाडौं जिल्लामा १३८ जना, ललितपुरमा ५० जना र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् ।

यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २५७जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८५ जना निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १७ हजार ५८० जना पुगेका छन् ।

त्यस्तै आज थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । योसँगै मृतकको संख्या ११४ पुगेको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, कास्की र तनहुँका एक–एक जना रहेका छन । निधन हुनेमा ६ जना पुरुष र एक महिला रहेका छन् । तनहुँमा महिला र बाँकी जिल्लामा पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस