ललितपुरको पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं, ३ भदौ । ललितपुरको पाटन अस्पताल कोरोना विशेष वार्डमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनको आज (बुधबार) मृत्यु भएको हो ।
उनि गत साउत २१ गते पाटन अस्पतालमा भर्ना भइ उपचाररत थिइन् ।