बालिकालाई प्रेमजालमा फसाएर काठमाडौँको गेस्टहाउसमा ब ला त्कार गरी भारत पुर्याएर बेचियो


काठमाडौँ, ३ भदौ । एक बालिकालाई दलालले प्रेम जालमा फसाएर ब ला त्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । सत्र वर्षीया बालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई ब ला त्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बे चबि खन अ नुसन्धान ब्युरोले जनाएको छ ।

उक्त मुद्दामा प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानीटार स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई पक्राउ गरेको छ । शुरुमा प्रलोभनमा पारेर बालिकालाई काठमाडौँको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जब र्ज स्ती क रणी गरेको खुल्न आएको ब्युरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । त्यति गरेर मात्रै उनले चित्त बुझाएनन्, आफ्नो साथीमार्फत ट्याक्सी चढाई चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए । उनका सहयोगी भारतको एक नचिनेको पुरुषलाई बालिका जिम्मा लगाएर फर्किएका थिए ।

भारतीय व्यक्तिले निज बालिकालाई अ श्लिल भिडियो देखाई मानसिक या तना दिने गरेको र रकम तिरेर किनेको भन्दै त्रा समा राखेर चरम या तना दिएको खुलेको छ । उनले बेलाबेलामा शा रीरिक र मानसिक या तना दिँदै रोजगारी लगाइदिने बहानामा भारतका विभिन्न ठाउँमा लग्ने गरेको पी डित बालिकाले बताएकी छिन् ।

त्यही सिलसिलामा बालिका पीडकको आँखा छलेर भाग्न सफल भई अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती नेपालीमार्फत कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । एक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरेपश्चात् बालिकालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

एक वर्षअघि उक्त घटना भएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए । उनका सहयोगी भने फरार छन् । उनको खोजी जारी रहेको जनाइएको छ । अ भियुक्त तामाङवि रुद्ध साउन २९ मा नै ब्युरोमा का रवाही गरी पाउँ भनी जाहेरी परेको थियो । तामाङलाई ब्युरोको टोलीले यही भदौ १ गते पक्राउ गरी काठमाडाँै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अ नुसन्धान भइरहेको ब्युरोले आज विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस