स्रोत नखुलेको नगदसहित दुई भारतीय महिला पक्राउ


लाखौंँ रुपियाँसहित दुई महिला पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा कार्यालय मातहत अस्थायी प्रहरीचौकी महादेवपट्टीबाट असई मनोजकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं ३ दशगजा क्षेत्रमा घाँस का’ट्न भनी आएका दुई भारतीय महिलाका साथबाट स्रोत नखुलेको रु ६ लाख ४० हजार बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताउनुभयो ।

रकमसहित पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला सीतामढी बैरगनियाँ ग्राम पञ्चायत वडा नं १ सिन्दुरिया बस्ने ४५ वर्षीया शान्ति देवी र ४५ वर्षीया मीना देवी छन् । निजहरुलाई नियन्त्रणमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिकालाई दु’व्र्यवहार गर्नेमाथि मुद्दा

कटहरिया नगरपालिकामा एक दलित बालिकालाई दु’व्र्यहार गर्ने गैरदलित युवकमाथि ज’बर्जस्ती क’रणी उद्योग मुद्दा दर्ता गरिएको छ । कटहरिया २ जमुनियाका २० वर्षीय सुनिलकुमार साहविरुद्ध मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ज्ञानकुमार महतोले बताउनुभयो ।

चार दिनअघि गाउँकै एक दलित बालिकालाई ललाइफकाई क’रणी गर्न लागेको भन्ने पी’डितका बाबुको उ’जूरीका आधारमा मुद्दा दर्ता गरिएको र बालिकाको स्वास्थ परीक्षणसमेत भएको डिएसपी महतोले जानकारी दिनुभयो । घटनालगत्तै आ’रोपी साह फरार रहेकाले उनको खोजी र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस