काठमाडौँ उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, ४ भदौ । आज काठमाडौँ उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्य काठमाडौँका १७४, ललितपुरका १८ र भक्तपुरका ८ जना रहेका छन् ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ७०७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य महिला १९२ जना र पुरुष ५१५ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २९ हजार ६४५ जना पुगेको छ । विगत २४ घण्टामा ११ हजार ८३२ जनाको पिसीआर परिक्षण भएको थियो । पछिल्लो २४ घण्टामा २६४ जना निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १७ हजार ९६४ जना पुगेका छन् ।

आज थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । यो संगै नेपालमा मृतकको कुल संख्या १२६ पुगेको छ । मृत्यु हुनेमा काठमाडौँका १ पुरुष, मकवानपुरका १ महिला, सप्तरीका १ पुरुष, पर्साका १ महिला र २ पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस