लगनखेलस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु


ललितपुर,४ भदौ । ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचाररत दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले एक महिला र एक पुरुष महिलाको मृत्यु भएको जानकारी दिएको हो ।

सं’कट व्यवस्थापन  केन्द्रका अनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो । त्यस्तै, सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस