आज थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० हजार माथि


काठमाडौँ, ५ भदौ । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ८३८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौँ उपत्यकाका ८२ जना रहेका छन्  ।

यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३० हजार ४८३ जना पुगेको छ । विगत २४ घण्टामा ३ हजार ६७९ जनाको पिसीआर परिक्षण भएको थियो । पछिल्लो २४ घण्टामा २५० जना निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १८ हजार २१४ जना पुगेका छन् ।

त्यस्तै आज थप ११  जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । यो संगै नेपालमा मृतकको कुल संख्या १३७ पुगेको छ । मृत्यु हुनेमा १ जना महिला र १० जना पुरुष रहेका छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर र प्युठानका १ –१ जना पुरुष रहेका छन् भने दोलखाकी एक महिला रहेकी छिन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस