आज थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, ७ भदौ । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ८१८ जनामा संक्रमण पुष्टि भएको छ । जस मध्य महिला २२० जना र ५९८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकरी दिए । यो संगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना संक्रमित फेला परेको जानकारी गराएको हो । पछिल्लो २४ घण्टामा ८ हजार २६ पिसीआर परिक्षण गरिएको छ । यो संगै अहिले सम्म ६ लाख ४ हजार ४४ पिसीआर परिक्षण गरिएको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । जसमा झापाका ५८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीय महिला, सर्लाहीका ३३ वर्षीय महिला रहेका छन । यो संगै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या १४९ जना पुगेको छ । यो कुल संक्रमितको जम्मा ०.४७ प्रतिशत हो ।

अहिले सम्म कोरोनाबाट निको भएकाहरुको संख्या १८ हजार ६३१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस