लिदी पहिरामा पुरिएका ६ जना अझै बेपत्ता


सिन्धुपाल्चोक, ७ भदौ । दश दिनअघि जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरामा बेपत्ता भएकामध्ये आज थप एकको शव फेला परेको छ । आज एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

आज ७२ वर्षीया महिला वाङ्ची ल्हामो दोङको शव फेला परेको काफ्लेले जानकारी दिनुभयो । यससँगै पहिरामा ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । छ जना अझै बेपत्ता छन् ।

हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १७ महिला छन् । तीमध्ये १५ बालबालिका मात्रै छन् । बेपत्ताको सशस्त्र प्रहरीका निरीक्षक शितल श्रेष्ठ, नेपाल प्रहरीका निरीक्षक हरि भट्टराई तथा सेनाका क्याप्टेन शैलेन्द्र बिष्टको नेतृत्वमा खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस