काठमाडौँ उपत्यकाका तिनै जिल्लामा खाद्यान्न पसल र दूधडेरी बिहान ९:१५ सम्म मात्रै खोल्न पाइने (सुचनासहित)


काठमाडौँ, ७ भदौ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरुले खाद्यान्न पसल र दूधडेरी पसल ९:१५ सम्म मात्रै खोल्न पाइने निर्णय गरेका छन् । काठमाडौँ जिल्ला अधिकारी तुलसीराम पौडेल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकाल र ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्रीको समयसीमा तोकेको हो ।

यस अघि नै काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा भदौ १० गतेसम्म निशेधाज्ञा जारी भएको भए पनि अत्यावश्यक खाद्यान्न पसल र दूधडेरी पसलको खोल्ने समय सिमा भने आज तोकेको हो । अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदि बिक्री वितरण गर्ने पसलहरू बिहान ९ : १५ बजेसम्म खोल्न सकिने,’ सूचना जारी गरिएको छ ।

सूचना हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस