काठमाडौं उपत्यकामा आज थप २२४ जनामा कोरोना संक्रमण


काठमाडौँ, ८ भदौ । काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस मध्य काठमडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना रहेका छन ।

त्यस्तै नेपाल भर कोरोना भाइरस कोभिड-१९ बाट आज थप ७४३ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १७५ जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १८ हजार ८०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा सुनसरीका ६८ वर्षीय एक पुरुष , मोरङका ६५ वर्षीय एक पुरुष, पर्साकी ७० वर्षीय एक महिला, काठमाडौँकी ४८ वर्षीय एक महिला, रुपन्देहीकी ६७ वर्षीय एक महिला, ५३ वर्षीय, ५४ वर्षीय र ३८ वर्षीय पुरुष रहेका छन् । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १५७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस