कोरोना संक्रमणबाट आज एकै दिन ११ जनाको मृत्यु


काठमाडौँ, १० भदौ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुने मध्य २ महिला र ९ पुरुष रहेका छन् । मृत्यु हुनेमा मोरङकी एक ४६ वर्षीय महिला, भक्तपुरकी ५३ वर्षीय एक महिला, कैलालीका ४५ र ५० वर्षीय दुई पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तिन पुरुष, बाँकेका ३७ वर्षीय एक पुरुष, काठमाडौँका ५१ वर्षीय एक पुरुष, बाराका ४१ वर्षीय र ४६ वर्षीय दुई पुरुष रहेका छन् । यो संगै मृत्यु हुनेहरुको संख्या १७५ जना पुगेको छ । यो कुल कोरोना संक्रमितको ०.५ प्रतिशत हो ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ८८५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य महिला २९९ जना र ५८६ जना पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ । छिल्लो २४ घण्टामा संक्रमण हुने मध्य काठमाडौँ उपत्यकाका ३०१ जना रहेका छन । जस मध्य काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस