सिरिया र इराकमा १० हजारभन्दा बढी इ स्लामिक स्टेटका ल डाकू सक्रियः राष्ट्रसंघ


संयुक्तराष्ट्र संघ । सिरिया र इराकमा इ स्लामिक स्टेट समूहका १० हजारभन्दा बढी ल डाकू सक्रिय रहेको प्रतिआ तंकवाद सम्बन्धी राष्ट्रसंघीय प्रमुखले बताउनुभएको छ । अमेरिका समेतका बहुराष्ट्रिय सेनाको सहयोगले दुई वर्षअघि आ तंकवादी संगठन इ स्लामिक स्टेट परास्त भएको घोषणा गरिएको थियो ।

राष्ट्रसंघीय सुरक्षा परिषदमा प्रतिआ तंकवाद सम्बन्धी प्रमुख भ्लादिमिर भोरोनकोभले दुई देशमा इ स्लामिक स्टेटका ल डाकूहरु स्वतन्त्र रुपमा घुमफिर गरिरहेको जानकारी दिनुभयो । उहाँले इ स्लामिक स्टेटले धेरै स्थानमा पुनः संगठित हुन थालेका र उनीहरुका कृयाकलापहरु द्व न्द्वग्रस्त मुलुकहरु इराक र सिरिया मात्र नभई क्षेत्रीय आ तंकवादी संगठनहरुसँग साँठगाँठ गर्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तथापी गैर–द्व न्द्वग्रस्त क्षेत्रमा छोटो समयका लागि उनीहरुको प्रभाव कमै देखिएको छ । कोरोनाभाइरस रोक्न लकडाउन र अन्य प्र तिबन्धात्मक व्यवस्थाले मानिसको हिँडडुलमा कडाई गरिएका कारण आ तंकवादी ह मलाहरु न्यून भएका छन् ।”

उहाँले कोभिड–१९ संकटका कारण आ तंकवादको त्रा सलाई समाप्त गर्न चुनौती खडा भएको चर्चा गर्दै कोभिड–१९ को आडमा सिर्जित सामाजिक–आर्थिक र राजनीतिक संकटबाट इ स्लामिक स्टेट र अन्य आ तंकवादी समूहहरुले फाइदा उठाउन सक्ने बताउनुभयो ।

तर भोरोनकोभले कोरोना महामारीबाट सिर्जित असरले आ तंकवादी समूहमा भर्ना र रकम उठाउने कार्यहरुमा के प्रभाव परेको छ भन्ने स्पष्ट भइनसकेको बताउँदै इ स्लामिक स्टेटका नेता अबु इब्राहिमको नेतृत्वमा संगठनको रणनीतिका दिशामा कुनै परिवर्तन आएको वा नआएको बारेमा स्पष्ट भइनसकेको बताउनुभयो ।

पश्चिम अफ्रिकामा इ स्लामिक स्टेटमा आबद्ध करिब ३ हजार ५०० ल डाकू सक्रिय रहेको र त्यसबाट क्षेत्रीय शान्तिमै ख तरा उत्पन्न भइरहेको भोरोनकोभले बताउनुभयो । लिबियामा सानो संख्यामा सक्रिय इ स्लामिक स्टेटले स्थानीय जातीय तनाबलाई आफ्नो पक्षमा उपयोग गर्न प्रयास गरिरहेको उहाँको भनाई छ ।

उहाँले अन्तर्राष्ट्रिय समुदायले इ स्लामिक स्टेटबाट सिर्जित चुनौती नि यन्त्रणमा ल्याउन समयमै ध्यान नदिए विश्वभर नै यसले समस्या खडा गर्न सक्ने चे तावनी दिनुभयो ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत केल्ली क्राफ्टले राष्ट्रसंघका जायज चासोलाई सम्बोधन गर्न अमेरिकी प्रशासन तत्पर रहेको बताउँदै इराक र सिरियामा नि यन्त्रणमा रहेका विदेशी ल डाकू र उनीहरुका परिवारका सदस्यका कारण इ स्लामिक स्टेटको पुनरुत्थान हुने परिस्थिति रोक्न अमेरिका सचेत रहेको पनि स्पष्ट गर्नुभयो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयन गर्न तथा इराक र सिरियाको गृहयु द्धका कारण अलपत्र परेका महिला, पुरुष र बालबालिकालाई आ–आफ्ना मुलुक फर्काउन आग्रह गर्नुभयो ।

राष्ट्रसंघका लागि रुसी राजदूत भास्सिली नेबेन्जियाले इ स्लामिक स्टेटबाट सिर्जित विश्वव्यापी आ तंक उच्च तहमा अझै रहेको र त्यसको नेतृत्वले सिरिया र इराकबीचको सीमावर्ती क्षेत्रमा आ तंकवादी ह मलाहरु गर्न योजना बनाइरहेको बताउनुभयो । रासस–एपी

प्रतिक्रिया दिनुहोस