आज काठमाडौं उपत्यकामा अहिले सम्म कै धेरै थप ४४५ जनामा कोरोना संक्रमण, उपत्यका थप जोखिमयुक्त बन्दै
काठमाडौँ, १२ भदौ । काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस मध्य काठमडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना रहेका छन । यो संगै काठमाडौँ उपत्यकामा थप साबधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु भएको छ ।
त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ९२७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य महिला ३३४ र ५९३ जना पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।
यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ३६ हजार ४५६जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २० हजार २४२ जना रहेको छ ।
त्यस्तै कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य ४ जना महिला र ८ जना पुरुष रहेका छन् ।
मृतकहरुमा मोरङका ५६ वर्षीय र ६५ वर्षीय दुई महिला, भक्तपुरका ६४ वर्षीय एक महिला, मकवानपुरका ७१ वर्षीय एक महिला, त्यस्तै उदयपुरको ५२ वर्षीय एक पुरुष, पर्साको ७२ वर्षीय एक पुरुष, धनुषाको ४५ वर्षीय एक पुरुष, सिरहाको ५५ वर्षीय एक पुरुष, झापाको ८३ वर्षीय एक पुरुष, चितवनको ५१ वर्षीय एक पुरुष र कास्कीको ५२ वर्षीय एक पुरुष र रुपन्देहीको ६० वर्षीय एक पुरुष रहेका छन ।
यो संगै नेपाल भर कुल मृतकको संख्या १९५ जना पुगेको छ ।